धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार
reportersnepal.com · Sat Aug 29 02:23:30 GMT 2026

काठमाडौं, भदौ १३ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थलमार्गबाट पनि उद्धार गरिएको छ । धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाण्डु ल्याउने व्यवस्था मिलाएको हो । यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गरेका थिए ।
मुख्यमन्त्री थापाले भने, ‘धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ, खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पर्याएर त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौं पठाउनेकार्य गरेका छौँ ।’ उनले उद्धारका पर्खाइमा रहेका अलपत्र यात्रुलाई प्रदेश सरकारले निःशुल्क बसको व्यवस्था गरेर काठमाडौं आइपुग्न सक्ने अवस्था गरेको बताए ।
Read full story at source (reportersnepal.com)