बाढीपीडितका घर सफा गरिँदै
gorkhapatraonline.com · Tue Sep 15 00:09:46 GMT 2026

सरकारले रसुवाको भोटेकोशी हिमबाढीपीडितलाई उनीहरूकै घर सफा गरेर बस्न योग्य बनाई पुनर्स्थापना गर्ने काम सुरु गरेको छ ।
भदौ १० गते भोटेकोशीमा बाढीसँगै आएको लेदोले पुरिएका पक्की घरको लेदो, ढुङ्गा र माटो पन्छाएर बस्नयोग्य बनाएपछि पुनर्स्थापना गर्ने कार्य सुरु गरिएको हो । धादिङ, नुवाकोट र रसुवा जिल्ला प्रशासन कार्यालयको सक्रियतामा बाढीबाट आंशिक क्षति भएका पक्की घरको पहिचान गरी पुनर्स्थापना गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले जानकारी दिनुभयो । उहाँका अनुसार धादिङको गल्छी, गजुरी, बेनीघाट, रोराङ र सिद्धलेक गाउँपालिकामा गरी ५४२ घरघुरी बाढीबाट प्रभावित भएका छन् । त्यसमध्ये एक सय जति घरको लेदो पन्छाएर पुनर्स्थापित गर्ने कार्यको सुरुवात भइसकेको छ । अन्य कतिपय पूर्ण क्षति नभएका घरलाई पनि सफा गरी पुनस्र्थापना कार्य थालनी भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको सक्रियतामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, विभिन्न सङ्घ संस्थाबाट आएका स्वयंसेवकले बाढीपीडितका घर सफाइ गर्ने काम गर्दै आएको पनि उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)