विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका २४ घरटहरा भत्काइए
gorkhapatraonline.com · Sat May 30 05:45:52 GMT 2026

जिल्लाको चङ्खेली गाउँपालिका–२ स्थित देउली बजारमा रहेको महादेव माध्यमिक विद्यालयको जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काइएको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै ती संरचना हटाउन अनुरोध गरे पनि सम्बन्धित व्यक्तिले अटेर गरेपछि जेसीबी प्रयोग गरी घरटहरा हटाइएको हो।
चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार विद्यालयको जग्गामा करिब २० वर्षअघि निर्माण गरिएका २४ वटा घरटहरा हटाउने कार्य सम्पन्न भएको छ। ढुङ्गा–माटोले बनेका तथा जस्तापाताले छाएका ती घरटहरा विद्यालयको स्वामित्वको जग्गामा निर्माण गरिएका थिए।
Read full story at source (gorkhapatraonline.com)