असोभित्रै क्षतिग्रस्त सडक सञ्चालन गर्ने सरकारको तयारी
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौं। सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र बनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आठ वटा विषयगत कार्यदलमार्फत वैकल्पिक सडक, तुइन र झोलुङ्गे पुल जडान तथा पक्की संरचना निर्माणको तयारी थालिएको बताए।
छ छलफलमा नुवाकोटस्थित बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले जनप्रतिनिधिको गतिमा ब्युरोक्रेटिक संयन्त्रले काम गर्न नसकेको गुनासो गरे। गल्छी–त्रिशूली–रसुवा–मैलुङ सडक अवरुद्ध हुँदा नुवाकोट र रसुवा प्रभावित भएको र आपत्कालीन अवस्थामा समेत सर्भे–इस्टिमेट खोज्ने परम्परागत ढाँचाले ढिलासुस्ती भएको उनको भनाइ छ।
Read full story at source (hamrakura.com)