सुरुङ क्षेत्रमा खोजी जारी
gorkhapatraonline.com · Tue Sep 15 00:38:47 GMT 2026

भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ । नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले माथिल्लो त्रिशूली–१ र त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा पावरहाउस तथा सुरुङ क्षेत्रमा खोजी जारी राखेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली थ्री ‘बी’ मा एक्साभेटर र ब्याकहो लोडर प्रयोग गरी आवासगृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गर्दै पावरहाउसतर्फ खोजी केन्द्रित गरिएको छ । त्यसै गरी रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली थ्री ‘ए’ र त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोजी जारी राखेको हो ।
Read full story at source (gorkhapatraonline.com)