३३०० करोडका मालिक भाजसा सांसद बने भिखारी !
lokaantar.com

भारतको मुम्बईस्थित घटकोपर पूर्वबाट भारतीय जनता पार्टी (भाजपा) का विधायक पराग शाहको एउटा भिडियो अहिले भाइरल भइरहेको छ। भिडियोमा उनी भिखारीको भेषमा घटकोपरको सडकहरूमा भौतारिँदै र सर्वसाधारणसँग सहयोग माग्दै गरेको अवस्थामा देखिएका छन्।
उनले यो प्रयोग कुनै पनि राजनीतिक कार्यक्रम वा प्रचारप्रसारका लागि गरेका होइनन्। जैन धर्मगुरु राष्ट्रसन्त नम्रमुनि महाराजको शिक्षाबाट प्रेरित भएर उनले केही समयका लागि आफ्नो वास्तविक पहिचान बदलेको दैनिक भास्करले जनाएको छ । समाचारअनुसार भौतिक सम्पत्ति र वैभवबाट टाढा रहेर एक असहाय तथा जरूरतमंद व्यक्तिको जीवन कस्तो हुन्छ भन्ने यथार्थ अनुभव गर्न उनले यो कदम उठाएका हुन्।
Read full story at source (lokaantar.com)