मनोहरामा बाढी, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
clickmandu.com · Tue Sep 15 01:06:39 GMT 2026

भक्तपुर । भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा पानीको बहाव बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएका स्थानीय बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका छन् ।
चाँगुनारायण नगरपालिकाको नगरकोटदेखि काठमाडौँको साँखुलगातका क्षेत्रमा साँझ परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराका बस्तीमा पानी पसेको छ । बस्तीमा पानी पसेपछि स्थानीयवासी लोकन्थलीको हाइटमा पुगेको स्थानीय कमलनाथ प्रसाईँले जानकारी दिए ।
Read full story at source (clickmandu.com)