‘स्वयम्भू महोत्सव’ तयारी अन्तिम चरणमा
ekantipur.com · Tue Feb 18 16:02:55 GMT 2025
काठमाडौँ — काठमाडौं महानगरपालिकाले ‘स्वयम्भू महोत्सव’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । फागुन १० देखि १७ गतेसम्म आयोजना हुने स्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । उक्त महोत्वस महानगरको वडा १५ ले आयोजना गर्दैछ ।
वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न वडा नं. १५ ले महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष ईश्वरमान डंगोलले बताए ।
Read full story at source (ekantipur.com)