लन्डनको थेम्स किनारमा पहिलोपटक ‘गङ्गा आरती’
ratopati.com · Tue Sep 15 02:05:33 GMT 2026

लन्डन । बेलायतको थेम्स नदी किनारमा पहिलोपटक हरिद्वार र काशीको परम्पराअनुसार ऐतिहासिक गङ्गा आरती आयोजना गरिएको छ । आइतबार, १३ सेप्टेम्बरको साँझ लन्डनको ग्रीनविचस्थित ओल्ड रोयल नेभल कलेज नजिकै आयोजना गरिएको कार्यक्रममा हजारौँ मानिस सहभागी भएका थिए ।
वैदिक मन्त्रको उच्चारण, शंखनाद र विशाल पीतलका दीपको उज्यालोबिच नदी किनार ‘हर–हर गंगे’ को जयघोषले गुञ्जायमान बनेको थियो । भारतीय आध्यात्मिक परम्परा र बेलायती सांस्कृतिक परिवेशको अनौठो संगमका रूपमा यो कार्यक्रमलाई हेरिएको छ ।
Read full story at source (ratopati.com)