नेपाली जुडोलाई इप्पोन गियरको प्रायोजन
kendrabindu.com · Tue Sep 15 02:07:08 GMT 2026
काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली जुडो टोलीलाई इप्पेन गियरले खेल पोसाक प्रायोजन गरेको छ। नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, उपाध्यक्ष रमेश महर्जन, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रञ्जित, नेपाल जुडो संघका पूर्वमहासचिव एवं टेक्निकल डाइरेक्टर धर्मकुमार श्रेष्ठले सोमबार पोसाक हस्तान्तरण गरे।
टेक्निकल डाइरेक्टर धर्मकुमार श्रेष्ठको समन्वय तथा विश्व जुडो च्याम्पियनसिपकी कांस्य विजेता अस्ट्रियाकी ओलम्पियन सब्रिना फिल्जमोसरको पहलमा इप्पोनले आईजेएफ मान्यता प्राप्त खेल पोसाक प्रायोजन गरेको हो। एसियाडमा सहभागी हुने ६ खेलाडी र १ प्रशिक्षकसहित ७ जना तथा बााकी ३ खेलाडी र १ प्रशिक्षकसहित ४ गरी जम्मा ११ जनालाई समान २–२ थान खेल पोसाक प्रदान गरिएको हो। उक्त खेल पोसाक करसहित जम्मा १२ लाख ३२ हजार रुपैयाा बराबर रहेको बताइएको छ।
Read full story at source (kendrabindu.com)