चार संसदीय समितिको बैठक बस्दै
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।
विहान ८ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भएको क्षति, उद्धार, राहत, पुनर्निर्माण तथा शिक्षा मन्त्रालयबाट भइरहेका कार्य र भावी रणनीतिका बारेमा छलफल हुनेछ। बिहान १० बजेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा क्यासिनो व्यवसायीहरूसँग छलफल तय गरिएको छ।
Read full story at source (hamrakura.com)