वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ
kendrabindu.com · Tue Sep 15 02:12:52 GMT 2026

काठमाडौं । विशेष अदालतले वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनालाई सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उनीहरुलाई सफाइ दिएको हो ।
झूट्ठा कागजात पेस गरी नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अर्कैकी छोरीलाई आफ्नो भनी कागजात बनाई नागरिकता दिलाएको आरोपमा सिंहसहितलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
Read full story at source (kendrabindu.com)