नेपालले भोगेका जलवायु विपत्
gorkhapatraonline.com · Tue Sep 15 02:12:46 GMT 2026

विसं २०८३ भदौ १० गते रसुवा र नुवाकोट जिल्लामा गएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको क्षति विकराल छ । यसबारेमा विश्व समुदायमा जलवायु परिवर्तनले पुर्याउने क्षतिबारेमा गहिरो विश्लेषण तथा बहस हुनु अति जरुरी छ । यसलाई किन पनि जलवायु परिवर्तनको ठुलो सङ्कटका रूपमा हेर्नु पर्छ भने हिमनदी र पहाड भत्किँदा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढी नेपालकै अझ भन्नुपर्दा विश्वकै इतिहासमा भयानक थियो । यस बाढीमा परी हजारौँको सङ्ख्यामा मानिसको मृत्यु र बेपत्ता भएका छन् भने खर्बौं रुपियाँका भौतिक संरचना ध्वस्त भएका छन् । यति मात्र नभएर यसले गरेको जैविक विविधताको क्षति, जनावर र जलचर प्राणीको लोप तथा सामाजिक र मानवीय क्षतिको हिसाब गर्ने हो भने स्थिति अझ विकराल, गम्भीर र चुनौतीपूर्ण देखिन्छ ।
लामो समयको अन्तरालमा विश्वव्यापी रूपमा तापमान र मौसमी वातावरणमा आउने फरकलाई जलवायु परिवर्तन भनिन्छ । प्राकृतिक रूपमा यो धेरै विस्तारै हुने प्रक्रिया हो भने मानवनिर्मित गतिविधिका कारण हालका दिनमा जलवायु परिवर्तनको गति निकै छिटो भएको पाइन्छ । यसको मुख्य स्रोत भनेको पृथ्वीको वायुमण्डलमा उत्पन्न हुने हरितगृह ग्यासहरू जस्तै: कार्बनडाइअक्साइड (७९.७), मिथेन (११.१), नाइट्रस अक्साइड (६.१) र फ्लोरिनेटेड (३.१ प्रतिशत) हुन् जसले सूर्यबाट आएको तापलाई सोस्छ र पृथ्वीलाई तातो बनाउँछ । साधारणतया यी ग्यास बढ्दो औद्योगिकीकरण जस्तै: औद्योगिक उत्पादन (सिमेन्ट, धातु, रासायनिक पदार्थ), यातायात (पेट्रोल, डिजेल, आदिको प्रयोग), विद्युत उत्पादन (कोइला र प्राकृतिक ग्यासको प्रयोग), कृषि तथा पशुपन्छी
Read full story at source (gorkhapatraonline.com)