अब याचना होइन, प्रमाणसहितको न्याय
annapurnapost.com · Tue Sep 15 02:45:13 GMT 2026

नेपाल रसुवाको जलवायुजन्य विपद्को महाप्रलयपश्चात् बढ्दो जोखिम, जलवायुजन्य विपद्को तीव्रता र त्यसबाट सिर्जित मानवीय, आर्थिक, सामाजिक तथा वातावरणीय क्षतिको गम्भीर संकटबाट गुज्रिरहेको छ। जलवायु परिवर्तनमा नेपालको न्यून हिस्सा तर हरित ग्यास उत्सर्जन न्यूनीकरणमा नेपालको उल्लेखनीय योगदान हुँदाहुँदै, यसको महासंकट नेपालले भोग्दै आएको छ।
विशेषगरी हिमाली क्षेत्रमा व्यापक तापक्रम वृद्धिले हिमभण्डार पग्लिने, हिमतालको विस्तार, हिमताल विस्फोटनजन्य बाढी, अत्यधिक वर्षा, बाढी, पहिरो, खडेरी तथा तापक्रम वृद्धिले नेपालीहरूको जनजीवन, जीविकोपार्जन, स्वास्थ्य, पूर्वाधार, कृषि, पानीका स्रोत, जैविक विविधता तथा सांस्कृतिक सम्पदामाथि बढ्दो जोखिम र संकट सिर्जना गरिरहेका छन्।
Read full story at source (annapurnapost.com)