देवघाट–१ का भूमिहीनलाई बुधबार लालपूर्जा वितरण
gorkhapatraonline.com · Tue Sep 15 03:03:34 GMT 2026

वर्षौँदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीले बुधबार लालपूर्जा पाउने भएका छन्।
जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका–१ का सूचीकृत भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न लागेको हो। लालपूर्जा पाउने खबरले लामो समयदेखि जग्गाको स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका लाभग्राही खुसी भएका छन्।
Read full story at source (gorkhapatraonline.com)