सभामुख अर्यालले भने- घण्टी बजाएर सरकारलाई खबरदारी गर्नुस्
nepalpress.com · Sat May 30 08:30:33 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले सरकारलाई घण्टी बजाएर खबरदारी गर्न आग्रह गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै भ्रष्टाचार अन्त्य गरेर देश विकास गरेरै छाड्नुपर्ने भएकाले खबरदारी गरिराख्न आग्रह गरे।
उनले भने, ‘यो देशको कानुन, संविधान आइसके पछाडि यहाँहरूले महसुस गरिरहनु भएको छ कस्तो बनाउनु पर्ने हो? के बनाउनु पर्ने हो? कहाँ संशोधन गर्नुपर्ने हो? कहाँ सुधार गर्नुपर्ने हो? यहाँहरू सबै जनालाई थाहा छ। त्यसकारणले अब चुप लागेर बसेर कस्तो बनाउँदो रहेछ हेरौँला भनेर बस्ने होइन। म यहीँबाट अपिल गर्छु, यहाँ उपस्थित भएको व्यक्तित्वहरूबाट ७७ वटै जिल्लामा प्रतिनिधित्व हुन्छ। त्यसकारणले अब कार्यपालिकामा प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारलाई सघाउने पनि तपाईँहरूको जिम्मेवारी छ, तपाईँहरूको कर्तव्य छ।’
Read full story at source (nepalpress.com)