भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा
ratopati.com · Tue Sep 15 03:25:05 GMT 2026

चितवन । यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन् ।
उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ । इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास गर्दै आएकी सानी गौचन अहिले आफूहरु असुरक्षित रहेको महसुस गर्छिन् । आफ्नो उमेरको ४५ वर्ष यही बिताएकी उनी भोटेकोशी बाढीपछि झस्कन थालेकी छन् । उनले भनिन्, “बाढी देखेका थियौ । यस्तो विनाशकारी देखेका थिएनौँ । त्यो दिन सम्झदा अझै पनि मनमा अत्यास लाग्छ । पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो की भन्ने डरले सताइ रहेको छ । ”
Read full story at source (ratopati.com)