धवललाई राप्रपा प्रवक्ताको चुनौती- लिङ्देनलाई लगाएको आरोपभन्दा एक इन्च दायाँबायाँ लागेर पार्टी चलाएर देखाउनू
nepalpress.com · Thu Jun 04 10:41:33 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले अनेकन् प्रयासका बाबजुद महामन्त्री धवलशम्शेर राणालाई पार्टीमा जोगाउन नसकेको बताएका छन्। राणाले अर्को पार्टी बनाउने घोषणा गरेपछि सरकार र सिंहदरबारतिर आँखा पनि नलगाउने दल बनाउन सुझाए।
उनले धवललाई भनेका छन्, ‘अनेकन् प्रयासका बाबजुद तपाईँलाई राप्रपामा जोगाउन सकिएन । दल बनाउने घोषणा गर्नुभएछ! प्रजातान्त्रिक मुलुकमा अध्ययन गरेको तपाईँ, चुनाव बहिष्कार होइन चुनाव लड्ने दल बनाउनु होला, चुनावमा जानुपर्छ भन्ने नेता बनाउनु होला, आफ्नो दल र आफ्नै चिन्हमा भोट हाल्ने नेता, कार्यकर्ता बनाउनु होला। सरकार र सिंहदरबारतिर आँखा पनि नलगाउने दल बनाउनु होला ! तपाईँ त कारबाही विरोधी, पार्टी अनुशासन मान्न नपर्ने मनपरीतन्त्रको दल बनाउनु होला ।’
Read full story at source (nepalpress.com)