‘गड्स आई’ प्रविधिबाट सडक दुर्घटना शूल्य बनाउने बीवाईडीको लक्ष्य, क्षति भएमा खर्च पनि व्यहाेर्ने
techpana.com · Sat May 30 08:55:49 GMT 2026

काठमाडाैँ । विश्वको सबैभन्दा ठुलो विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनी बीवाईडीले आफैँले विकास गरेको स्वचालित (अटोनोमस) ड्राइभिङ प्रविधि मार्फत सडक दुर्घटनालाई शून्यमा झार्ने लक्ष्य लिएको छ । कम्पनीले आम उपभोक्ताले किन्न सक्ने किफायती मूल्यका नयाँ पुस्ताका सवारीसाधन उत्पादन गर्ने उद्देश्यसहित उक्त प्रविधिको विकासलाई तीव्रता दिएको जनाएको छ ।
बीवाईडीले ‘गड्स आई’ (God’s Eye) नामक उन्नत चालक सहायता प्रणाली (Advanced Driver Assistance System) विकास गरेको छ । यो प्रणाली सक्रिय भएको अवस्थामा चालकले स्टेयरिङबाट हात हटाएर सवारी चलाउन सक्नेछन् । गत बिहीबार शेन्जेनमा आयोजित एक कार्यक्रममा बोल्दै बीवाईडीका संस्थापक तथा अध्यक्ष वाङ चुआनफूले ‘गड्स आई’ मार्फत ट्राफिक दुर्घटना शून्यमा झार्ने लक्ष्य रहेको बताएका छन् ।
Read full story at source (techpana.com)