अशोक राईले दिए ‘समाजवादी पार्टी’ दल दर्ताका लागि निवेदन
nagariknews.nagariknetwork.com · Tue Jun 23 04:08:34 GMT 2026

अशोककुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। राई नेतृत्वको समूहले सोमबार निर्वाचन आयोगमा ‘समाजवादी पार्टी’ दल दर्ताका लागि निवेदन दिएको हो।
अशोक राई अध्यक्ष रहेको पार्टीको उपाध्यक्षहरूमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा रहेका छन्। त्यस्तै शरणकुमार राई उपमहासविच तथा सचिव पदमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भिमबहादुर तामाङ रहेका छन्। अध्यक्ष राईले ८ जना पदाधिकारीसहित २८ जनाको केन्द्रीय समिति सदस्यहरूको नामावलीसहित दल दर्ताका लागि निवेदन दिएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)