काठमाडौँ र ललितपुरका झन्डै १ सय ठाउँमा ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने
himalpress.com · Sat Jun 06 03:37:43 GMT 2026

काठमाडौँ- आज काठमाडौँ र ललितपुरका झन्डै १ सय ठाउँमा ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ । स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका ९८ ठाउँमा अहिले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणको १३२ के।भी। प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजना मातातीर्थको सूचना अनुसार कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुर वितरण केन्द्रका ११, रत्नपार्क वितरण केन्द्रका २० र पुल्चोक वितरण केन्द्रका १४ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने उल्लेख छ ।
Read full story at source (himalpress.com)