पार्टीभित्र राजनीतिक घेराबन्दीमा एमाले अध्यक्ष ओली, विष्णु र शंकरले साथ छोड्दा बादलको पाए साथ
kendrabindu.com · Tue Sep 15 03:50:28 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला चरम राजनीतिक घेराबन्दीमा परेका छन् । करीब ३० वर्षदेखि ओलीसँगै रहेका उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायतका नेताहरु पार्टी पुनर्गठन गर्न अध्यक्ष ओलीले राजीनामा दिनु पर्ने भनेर लविङ गरिरहेका छन् । पार्टीका सबै तहका कमिटिमा समेत अध्यक्ष ओलीको बहिर्गमनको आवाज उठिरहेको छ ।
पार्टीको सत्ता नछाड्ने मनस्थितिमा रहेको ओलीका लागि निर्वाचन समीक्षा र पार्टी पुनर्गठन प्रतिवेदन काउछो बनेर आएको छ । फागुन २१ को चुनावमा शर्मनाक पराजय व्यहोरेपछि एमालेले जेठ १० गते वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल बनाएको थियो।
Read full story at source (kendrabindu.com)