गणेश चतुर्थीको अवसरमा सूर्यविनायक मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
ratopati.com · Tue Sep 15 03:58:10 GMT 2026

भक्तपुर । गणेश चतुर्थीको अवसरमा भक्तपुरको प्रसिद्ध सूर्यविनायक मन्दिरमा मंगलबार बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ। गणेश भगवानको पूजा तथा दर्शनका लागि भक्तपुरसहित काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरू सूर्यविनायक पुगेका छन्।
गणेश चतुर्थीका अवसरमा मन्दिरमा विशेष पूजाआजा तथा नित्य पूजा सम्पन्न गरिएको छ। श्रद्धालुहरूले गणेश भगवानलाई फूल, अक्षता, दूबो, लड्डु तथा विभिन्न फलफूल अर्पण गरी पूजा तथा दर्शन गरेका छन्। मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको आवतजावत बढेपछि सुरक्षा तथा व्यवस्थापनका लागि स्वयंसेवक र सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।
Read full story at source (ratopati.com)