प्रतिबन्धित भेपसहित ४ जना पक्राउ, २७७० थान भेप बरामद
kendrabindu.com · Tue Sep 15 03:56:43 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट प्रतिबन्धित विद्युतीय चुरोट (भेप)सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। भेप भण्डारण तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट दुई हजार ७७० थान भेप बरामद गरेको छ। पक्राउ पर्नेमा धादिङका पूर्णलाल श्रेष्ठ, काठमाडौंका शुभम गुप्ता, राजन मोक्तान र काभ्रेपलाञ्चोकका सक्षम श्रेष्ठ छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरू प्रतिबन्धित भेपको कारोबारमा संलग्न रहेको जनाएको छ।
Read full story at source (kendrabindu.com)