विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो
barnanmedia.com · Sat May 30 09:15:57 GMT 2026

कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको छ । वडा कार्यालय र नगरपालिकाको रु १८ लाखको संयुक्त लगानीमा निर्माण भइरहेको भवनको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको हो ।
कृष्णपुर-१ का वडाध्यक्ष मोहन बस्नेतले योग तथा व्यायामप्रति नागरिकको आकर्षण बढाउँदै स्वस्थ बनाउने उद्देश्यले भवन निर्माण थालिएको बताउनुभयो । “जनस्वास्थ्य र शारीरिक व्यायामलाई प्राथमिकतामा राखेर भवन निर्माण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यो भवनलाई बहुउद्देश्यीय रूपमा प्रयोग गर्न सकिनेछ, बिहान र बेलुकाको समयमा योग अभ्यास तथा व्यायामका लागि प्रयोग हुनेछ भने दिउँसो विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।”
Read full story at source (barnanmedia.com)