साउदीमाथि हुथीको पुनः आक्रमण, होर्मुज वार्ता स्थगित
nepalnews.com · Tue Sep 15 04:09:52 GMT 2026

काठमाडौँ। इरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबमाथि पुनः क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन् । लाल सागर किनारको यमनको पश्चिमी तटमा पनि हुथीले आफ्नो सैन्य उपस्थिति बलियो बनाइरहेको यमनी अधिकारीहरूले बताएका छन्।
हुथीहरूको पछिल्लो सैन्य विस्तारका विषयमा रियादमा आकस्मिक छलफल भइरहेका बेला खाडीका अरब राष्ट्रहरूले इरानसँग गर्ने तय भएको वार्ता स्थगित गरेका छन्। यससँगै मध्यपूर्वको द्वन्द्व थप फैलिन सक्ने र विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ।
Read full story at source (nepalnews.com)