स्नो रिभर्सले १०% बोनस सेयर दिने, साधारण सभा असोज २१ मा
clickmandu.com · Tue Sep 15 04:30:46 GMT 2026

काठमाडौं । स्नो रिभर्स लिमिटेडले २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण प्रस्ताव स्वीकृतिका लागि कम्पनीले आगामी असोज २१ गते साधारण सभा बोलाएको छ ।
कम्पनीको चुक्ता पुँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशतको दरले हुन आउने ९ लाख ३७ हजार ५०० कित्ता बराबरको बोनस शेयर रकम ९ करोड ३७ लाख ५० हजार रुपैयाँ र चुक्ता पुँजीको ०.५२६३ प्रतिशत अर्थात् ४९ लाख ३४ हजार ६२ रुपैयाँ नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय भएको हो । यो प्रस्ताव साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीहरूले लाभांश पाउनेछन् ।
Read full story at source (clickmandu.com)