आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
barnanmedia.com · Tue Sep 15 04:22:48 GMT 2026

ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा आज बिहान एक महिलाको निधन भएको छ । वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो । वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर तल वालिङ –१३ शान्तिघाटस्थित आँधीखोलामा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ ।
Read full story at source (barnanmedia.com)