वीरगञ्जका नगरप्रमुख सिंहलाई विशेष अदालतबाट सफाइ
gorkhapatraonline.com · Tue Sep 15 04:40:02 GMT 2026

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहलाई विशेष अदालतले सफाइ दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते किर्ते कागजातका आधारमा जन्मदर्ता तथा नागरिकता बनाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा पर्नुभएका नगरप्रमुख सिंहले सफाइ पाउनुभएको हो।
विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार सिंहलाई सफाइ दिने फैसला गरेको हो।
Read full story at source (gorkhapatraonline.com)