संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै
emountaintv.com · Tue Sep 15 04:55:43 GMT 2026

काठमाडौँ ।
संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रत्रहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूचि रहेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित सदनमा छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
Read full story at source (emountaintv.com)