पूर्वमन्त्री बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
annapurnapost.com · Tue Jun 23 05:49:39 GMT 2026

काठमाडौं : टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि न्यायाधीशहरू नारायण प्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा पेशी चढेको छ।
अख्तिायर दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित १९जनामाथि ३ अर्ब २१ करोड रुपैयाँ बिगो मागदावी गर्दै मुद्दा दायर गरेको हो। थुनछेक बहसका क्रममा विशेष अदालतले २५ लाख धरौटीमा छड्न आदेश दिएपछि बस्नेत थुनामुक्त भएका थिए। परामर्शदाता विदेशी कम्पनी र नेपालीस्थित एजेन्टलाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ।
Read full story at source (annapurnapost.com)