सेयर कारोबारको पुँजीगत लाभकर घट्दै, अधिकतम ५ प्रतिशत कायम गरिने
bishowkhabar.com · Tue Sep 15 05:17:27 GMT 2026

काठमाडौं – सरकारले सेयर कारोबारबाट हुने पुँजीगत लाभमा लाग्ने कर घटाउने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मा सूचीकृत सेयरको कारोबारमा व्यक्तिले तिर्नुपर्ने पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरिएको हो ।
हाल एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्ने लगानीकर्ताले पुँजीगत लाभमा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गर्नेले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् । नयाँ व्यवस्थाअनुसार दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी करको दर घटाइनेछ ।
Read full story at source (bishowkhabar.com)