जाजरकोटको बारेकोट गाउँपालिकाका इन्जिनियर कुट्नेलाई कारवाही गर्न माग
nepalbahas.com · Mon Mar 17 17:10:09 GMT 2025

जाजरकोटको बारेकोट गाउँपालिकाका इन्जिनियर कुट्नेलाई कारवाही गर्न माग
४ चैत, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकामा कार्यरत सब–इन्जिनियर हिमाल पुनमाथि भएको कुटपिटको कर्मचारीहरूले विरोध गरेका छन् । कर्णाली प्रदेशका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले संयुक्त रुपमा विज्ञप्ति निकालेर घटनाको दोषीलाई कारवाही गर्न माग गरेका हुन् । चैत्र ३ गते जाजरकोट जिल्ला बारेकोट गाउँपालिका–६ को सीता माध्यामिक विद्यालय, कार्कीज्युलाको दिवा खाजा घरको अनुगमन तथा निरीक्षण गर्ने क्रममा उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीले बारेकोट गाउँपालिकाको कार्यालयमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर पुनलाई कुटपिट गरेका थिए ।
Read full story at source (nepalbahas.com)