हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद
nepalpress.com · Sat May 30 10:47:00 GMT 2026

काठमाडौं । सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली बाह्य कार्य सेवा ९इईएएस० मा ‘जलवायु परिवर्तन र यसको हिमालयमा प्रभाव’ विषयमा अन्तरराष्ट्रिय संवाद कार्यक्रम आयोजना गरेको छ ।
संवादमा बेल्जियममा कार्यरत विभिन्न देशका राजदूत, नियोग प्रमुख, कूटनीतिज्ञ, नेपाल, बेल्जियम तथा युरोपेली सङ्घ ९ईयू० का सरकारी अधिकारी, जलवायु वैज्ञानिक, प्राज्ञ, विद्यार्थी तथा अन्तरराष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा जलवायु परिवर्तनका कारण हिमाली राष्ट्रहरूले भोगिरहेका चुनौतीबारे विशेष छलफल गरिएको थियो ।
Read full story at source (nepalpress.com)