भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा
aarthiknews.com

चितवन। यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन्।
उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ। इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास गर्दै आएकी सानी गौचन अहिले आफूहरु असुरक्षित रहेको महसुस गर्छिन्। आफ्नो उमेरको ४५ वर्ष यही बिताएकी उनी भोटेकोशी बाढीपछि झस्कन थालेकी छन्। उनले भनिन्, “बाढी देखेका थियौ। यस्तो विनाशकारी देखेका थिएनौँ। त्यो दिन सम्झदा अझै पनि मनमा अत्यास लाग्छ। पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो की भन्ने डरले सताइ रहेको छ। ”
Read full story at source (aarthiknews.com)