रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
ratopati.com · Tue Jun 23 06:19:57 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि नेता प्रकाशचन्द्र परियारले उम्मेदवारी दिने भएका छन्। चितवनमा जारी पार्टीको महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिका लागि प्रतिनिधिसभाका प्रमुख सचेतक समेत रहेका उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् ।
पत्रकारिता, मानवअधिकार, सामाजिक न्यायका क्षेत्रमा क्रियाशील हुँदै वैकल्पिक राजनीतिक अभियानमा सक्रिय परियारले आफ्नो अनुभव र दृष्टिकोणलाई पार्टी संगठन निर्माण तथा नीतिगत नेतृत्वमा प्रयोग गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिन लागेको बताए ।
Read full story at source (ratopati.com)