पाँचखाल ‘सेज’मा महिला उद्यमीलाई प्राथमिकता
barnanmedia.com · Sat May 30 10:44:53 GMT 2026

पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)मा महिला उद्यमीलाई सरकारले प्राथमिकता दिने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा महिला उद्यामीलाई प्राथमिकता दिइने व्यवस्था उल्लेख गरिएको हो ।
=पाँचखालस्थित सेजमा महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्ने वाग्लेले बताउनुभयो । “यसका साथै सेजलाई कर, भन्सार, आयात–निर्यात र लगानीको सम्पूर्ण निर्णय एउटैस्थानबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौँ”, उहाँले बजेट वक्तव्यमा भन्नुभयो ।
Read full story at source (barnanmedia.com)