चीनको बढ्दो सैन्य क्षमता विस्तारमा चिन्तित अमेरिका एसियाली सहयोगीको साथ खोज्दै
nepalviews.com · Sat May 30 11:10:12 GMT 2026

एजेन्सी । अमेरिकी रक्षा मन्त्री Pete Hegseth ले शनिबार एसियाली सहयोगी राष्ट्रहरूलाई चीनको बढ्दो प्रभावको सामना गर्न तथा क्षेत्रमाथि उसको प्रभुत्व रोक्न रक्षा खर्च उल्लेख्य रूपमा बढाउन आग्रह गरेका छन् । उनले चीनको तीव्र सैन्य विस्तारप्रति 'उचित चिन्ता' रहेको बताएका छन् ।
सिङ्गापुरमा आयोजित एसियाको प्रमुख सुरक्षा तथा रक्षा मञ्च Shangri-La Dialogue मा बोल्दै हेगसेथले बलियो र आत्मनिर्भर सहयोगी राष्ट्रहरूको सञ्जाल नै आक्रमणलाई रोक्न र शक्ति सन्तुलन कायम राख्न आवश्यक रहेको बताए । 'चीनको ऐतिहासिक स्तरको सैन्य विस्तार र क्षेत्र तथा क्षेत्र बाहिरका उसका बढ्दो सैन्य गतिविधिप्रति उचित चिन्ता रहेको छ,' उनले भने ।
Read full story at source (nepalviews.com)