खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु
barnanmedia.com · Sat May 30 11:19:43 GMT 2026

यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यावरण संरक्षण अभियान सुरु भएको छ । सोहीअन्तर्गत धुपी, लालीगुराँस, चिमाल, गोब्रेसल्ला, लोक्ता, पत्लिङ्गालगायत विभिन्न प्रजातिका दुई हजार ५०० बिरुवा रोपिएका छन् ।
साल्पा-सिलिचुङ क्षेत्रको प्रकृतिक सौन्दर्यलाई बचाइराख्न, जैविक विविधताको संरक्षण गर्न तथा पर्यटन प्रवर्द्धन गर्न वृक्षरोपण गरिएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तरराष्ट्रिय समितिका कोषाध्यक्ष सङ्गीता नाछिरिङ राईले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)