गरुड क्यासिनोबाट ११ जना नेपाली नागरिक पक्राउ
annapurnapost.com · Tue Sep 15 06:04:25 GMT 2026

काठमाडौं : गएराति बुढानिलकण्ठ नगरपालिका १ तौलुङस्थित गरुड क्यासिनोभित्र नेपाली नागरिक प्रवेश गराई जुवा तास खेल्ने, खेलाउने ११ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार क्यासिनोमा चेकजाँच गर्दा नेपाली नागरिक प्रवेश गराई क्वाइनमा नगद सटही गरी हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका हुन्।
उनीहरुको साथबाट मोबाइल थान ९, नगद सटही गर्न प्रयोग हुने क्वाईन ५० हजार लेखिएको क्वाइन ८ थान , १० हजार लेखिएको क्वाइन १९ थान , १ हजार लेखिएको थान ८८ क्वाइन ,१००रुपैयाँ लेखिएको क्वाइन ५ थान र १० लाख ८५,६०० रुपैंयाँ बरामद भएको छ। उनीहरुलाई नियन्त्रणमा लिई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको थापाले बताए ।
Read full story at source (annapurnapost.com)