ट्रम्प जुनियरको विवाह उत्सवमा रुसी धनाढ्यले लाखौँ डलर खर्च गरेको खुलासा
baahrakhari.com · Tue Sep 15 06:13:58 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर र उनकी पत्नी बेटिनाको विवाहपछिको उत्सवमा रुसी सरकारसँग निकट सम्बन्ध भएका व्यापारी उमारा क्रेमलेभले लाखौँ डलर खर्च गरेको खुलेको छ । दम्पतीले सोमबार क्रेमलेभले उत्सवको खर्च व्यहोरेको पुष्टि गरेका हुन् ।
खोजमूलक वेबसाइट प्रोपब्लिका का अनुसार, क्रेमलेभले यस वर्ष मेमा बहामासमा आयोजित दुई रातको उत्सवका निम्ति निजी टापु भाडामा लिनेदेखि आतिसबाजीसम्मको खर्च व्यहोरेका थिए । निजी टापुको भाडा प्रतिरात करिब एक लाख र आतिसबाजीको खर्च झन्डै ७० हजार डलर रहेको जनाइएको छ ।
Read full story at source (baahrakhari.com)