बाढी प्रभावितको पुन:स्थापनामा चुनौती
nagariknews.nagariknetwork.com · Tue Sep 15 06:48:52 GMT 2026

भोटेकोसी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण र प्रभावितको पुन:स्थापनामा चुनौती देखिएको छ। त्यसका लागि ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीबाट भएको भौतिक क्षति र आर्थिक नोक्सानी मात्रै ४ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ पुगेको प्रारम्भिक मूल्यांकन छ।
सरकारले भने प्रभावित नागरिकको पुन:स्थापनामा स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सोमबार भएको छलफलमा पुन:स्थापनाका लागि सरकारसँग उपलब्ध स्रोतका साथै दातृ निकायबाट प्राप्त हुने सहयोगसमेत परिचालन गर्ने बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)