अमेरिकाले अन्तरिक्षमा ‘स्पेस–कन्ट्रोल’ हतियार राखेको पुष्टि
barnanmedia.com · Tue Sep 15 06:56:04 GMT 2026

काठमाडौं । लामो समयदेखि आशंका गरिँदै आएको विषयलाई पुष्टि गर्दै अमेरिकाले अन्तरिक्षमा शत्रुतापूर्ण गतिविधि रोक्न प्रयोग गर्न सकिने हतियार तैनाथ गरेको स्वीकारेको छ ।
अमेरिका र उसका सहयोगी राष्ट्रविरुद्ध हुने शत्रुतापूर्ण गतिविधिलाई निष्प्रभावी बनाउन डिजाइन गरिएका ‘अन–अर्बिट स्पेस कन्ट्रोल वेपन्स’ अमेरिकासँग उपलब्ध रहेको स्पेस फोर्सका प्रवक्ताले बताएका छन् । अन्तरिक्षमा चीन र रुससँगको सैन्य प्रतिस्पर्धा तीव्र भइरहेका बेला अमेरिकाले यो स्वीकार गरेको हो ।
Read full story at source (barnanmedia.com)