म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
ratopati.com · Tue Sep 15 07:12:59 GMT 2026

झापा । दास किराना पसललाई रु दुई लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले म्याद गुज्रिएको पशुदाना बिक्री गरेको कसुरमा उक्त जरिवाना गरेको हो ।
मेचीनगर नगरपालिका–९ स्थित उक्त किराना पसलले उपभोक्तालाई समय नाघेका पशुदाना बिक्री गरेको पाइएपछि जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।
Read full story at source (ratopati.com)