‘सिन्दुरे जात्रा’ को छायांकनका क्रममा अभिनेता विजय बराल घाइते
kalakarmi.com · Sat May 30 12:32:30 GMT 2026

काठमाडौं- नयाँ नेपाली फिल्म‘सिन्दुरे जात्रा’ को छायांकनका क्रममा अभिनेता विजय बराल घाइते भएको खबर प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार छायांकनका बेला उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो ।
नेपाली फिल्म क्षेत्रमा आफ्नो उत्कृष्ट अभिनय र हास्य प्रस्तुतिका कारण दर्शकमाझ लोकप्रिय रहेका बरालको चोटको खबर सार्वजनिक भएपछि शुभेच्छुक तथा प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
Read full story at source (kalakarmi.com)