भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
reportersnepal.com · Sat Aug 29 03:08:43 GMT 2026

काठमाडौं, भदौ १३ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको राससलाई जानकारी दिनुभयो । “एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुनसक्छ । त्यसैले सतर्कता आवश्यक छ,” उहाँले भन्नुभयो ।
Read full story at source (reportersnepal.com)