स्वावलम्बन लघुवित्तद्वारा रु. ४० लाखको चेक हस्तान्तरण
corporatenepal.com · Tue Sep 15 07:45:18 GMT 2026

काठमाडौं । स्वावलम्बन लघुवित्तका अध्यक्ष प्राडा कुुसुम शाक्यबाट अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई भोटेकोशी बाढी प्रभावितका लागि अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका माझ रु.४० लाखको चेक हस्तान्तरण गरेकी छिन् ।
विपद्को यस कठिन घडीमा नेपाल सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पुर्याउने उद्धेश्यले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले संस्थागत तर्फबाट रु.२५ लाख, सञ्चालकहरुका तर्फबाट रु. ३० हजार ६ सय र सम्पूर्ण कर्मचारीहरुका तर्फबाट रु. १४ लाख ६९ हजार ४ सय गरी जम्मा रु.४० लाख नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा योगदान गरिएको हो ।
Read full story at source (corporatenepal.com)