शिक्षा मन्त्रालयको दावी : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटी भएको छैन
annapurnapost.com · Tue Jun 23 08:29:11 GMT 2026

काठमाडौं : शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी नभएको स्पष्ट पारेको छ । सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नजितामा त्रुटी र लापरवाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका हुन् ।
उनले शिक्षकहरुलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नजिता प्रकाशन गर्न सफल भएको उल्लेख गरे । उनले नजिता प्रकाशनका बिषयमा मन्त्रालयले अध्ययन गर्दा समेत कुनै त्रुटी फेला नपरेको र इमानदारीपूर्वक, कपी परीक्षण भएको जानकारी दिए । त्यस्तै सचिव पौडेलले विश्वविद्यालयको नियुक्ति प्रक्रियासम्बन्धी विश्वविद्यालयको ऐनका भएको व्यवस्था अनुसार नै रहेको बताए । खुला विश्वविद्यालयको स्थायी शिक्षकको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए ।
Read full story at source (annapurnapost.com)