एपीएफलाई केल्मीको प्रायोजन
baahrakhari.com · Tue Aug 05 17:01:12 GMT 2025
काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबको प्रायोजकमा केल्मीले निरन्तरता दिएको छ । एपीएफका अध्यक्ष सशस्त्र प्रहरी बल वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना र कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार अवधि कुल पाँच वर्षको हुनेछ ।
मुख्य प्रायोजक बनेबापत कामारुले एपीएफको महिला तथा पुरुष फुटबल र भलिबल टोली, यू–१६, यू–१८ पुरुष टोली, ब्याडमिन्टन टोली र ग्रासरुट फुटबल कार्यक्रमका लागि खेल पोसाक तथा सामग्री उपलब्ध गराउने छ ।
Read full story at source (baahrakhari.com)