डेबिड वार्नरले काठमान्डु गोर्खाजबाट खेल्ने
annapurnapost.com · Tue Sep 15 07:45:42 GMT 2026
काठमाडौं : अष्ट्रेलियन ब्याटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन्। काठमान्डुले मंगलबार सामाजिक सञ्जालबाट वार्नरलाई टीममा समावेश गरेको जानकारी दिएको हो।
एनपिएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा चर्चित खेलाडी हुन्। अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप र २०२१ मा टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए। २०२१ को टी–२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ मा चुनिएका थिए।
Read full story at source (annapurnapost.com)